काठमाडौँ – जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज समूह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल जारी छ ।
सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा भइरहेको खेलमा स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ ।
जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समूह बी बाट पुग्ने दोस्रो देशको टुङ्गो लाग्ने छ ।
यो खेल स्कटल्याण्डले जितेका स्कटल्याण्ड सुपर आठमा पुग्ने छ । त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङ्गल्यान्ड सम्भावना बन्ने छ ।स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल वर्षाले रद्द हुँदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।
अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी–२० अन्तर्राष्टिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुँदै छ ।
त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुँदै छ । दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन ।
समूह ए बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल वर्षाले रद्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया