मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम पूर्वानुमान : आज यी स्थानमा हुने छ वर्षा

काठमाडौँ – अहिले कोशी र मधेश प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधरणतया बदली भई बाँकी  भू–भागमा आंशिक बदली रहेको छ। 

कोशी  प्रदेशका केही स्थानहरूमा तथा मधेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमामा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको भनाई छ । 

महाशाखाका अनुसार देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यसैको प्रभाव आज दिउसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली  तथा बाँकी भू–भागमा आंशिक देखी  मौसम मुख्यतया सफा रहने छ।

 कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?