काठमाडौँ– गोल्डेन नेपाली फिल्म अवार्ड आगामी मंसिर १ गते आयोजना गरिने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिको आयोजनामा अमेरिकाको सन फ्रान्सिस्कोमा अवार्ड हुन लागेको हो ।
आयोजकले शनिबार पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो । १० विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको छ ।
आयोजकले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा बिभिन्न पेशाका बिशिष्ट ब्यक्तिलाई कार्यक्रममा सहभागी गराउने भएको छ । नेपालबाट दुई दर्जन कलाकार त्यसतर्फ जाने जनाइएको छ ।
आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले सानैदेखि आफ्नो रुचि कलाकारितामा रहेपनि खेलकुदमा लागेको स्मरण गरे । बिगतमा पनि आफूले केही फिल्म निर्माणमा साथ दिएको उल्लेख गरे । श्रेष्ठ म्याराथन धावक समेत हुन् ।
उनले नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्ने भएकोले यो क्षेत्रको बिकास, विस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया