मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको तालिम सुरु

पोखरा – मूर्तिकला र वातावरणीय प्रतिस्थापन कलाको कार्यशाला पोखरामा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुवै कार्यशाला शनिबारदेखि सुरु भएको हो।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कलाकारले तत्कालका लागि भन्दा पनि पुस्तौं पछाडिको समाजलाई प्रभाव देखाउने गरेर सिर्जना गर्नुपर्नेमा जोड दिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले सञ्चालन गरेको तालिम असार ७ गतेसम्म चल्नेछ। मूर्तिकला प्रशिक्षणमा २० जना कलाकार सहभागी हुनेछन्। मुर्तीकार पूजन खतिवडाले आधारभूतदेखि मूर्ति तयार पार्नेसम्मको सीप सिकाउनेछन्।

सिर्जनशील कलाकार समूहका कार्यवहाक अध्यक्ष डिबी गुरुङले प्रशिक्षणले कलाकारको सिर्जनशील क्षमता तिखार्न सघाउने बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको बहुआयमिक कला विभागले आयोजना गरेको वातवरणीय प्रतिस्थापन कला कार्यशाला एवं प्रदर्शनी सोमबारसम्म चल्नेछ। तीन दिने कार्यशालामा सहभागी हुने १० जना प्रशिक्षार्थीले सेती नदीको किनार शक्तिघाटमा सिर्जनाशीलता पोख्ने छन्।

विभाग प्रमुख शौरगंगा दर्शनाधारीका अनुसार ढुंगा, बालुवा, काठपातलाई कलाको रुपमा प्रस्तुत गरिनेछ। ग्यालरीमा मात्रै नभएर वातावरणमा पनि कलकारले भावना पोख्न सक्छन् भनेर कोशिस गरेको उनको भनाइ छ। प्रशिक्षार्थीसँग दर्शनाधारीले नै सहजीकरण गर्नेछिन्।

प्रतिष्ठानको वास्तुकला विभागले पोखराको बाटुलेचौरमा सारंगी बनाउने तालिम शनिबारदेखि नै सुरु गरेको छ। उपहार दिन प्रयोग हुने सारंगी बनाउने तालिममा १० जना सहभागी भएका छन्।

तालिम सञ्चालन गर्नलाई गण्डकी प्रज्ञा प्रतिष्ठान र सिर्जनशील कलाकार समूहले सघाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?