काठमाडौँ– हरेक फिल्ममा गीतको महत्व आफ्नै हुन्छ । खासगरी हिन्दी फिल्ममा गीतको आफ्नो फरक फ्यान हुन्छ । कहिलेकाहीँ फिल्म फल्प भए पनि गीत वर्षौसम्म दर्शक र स्रोताको ओठमा झुण्डिरहेको हुन्छ ।
आज हामी तपाईलाई बलिउडको केही रमाइला गीतहरु हेदैैछौँ । जसको शब्दले तपाई हसाउनेछ । यो सूचीमा किशोर कुमारको ‘एक चतुर नार करे सिंगार’ देखि रणवीर कपुरको ‘बदतमीज दिल’ सम्मका नामहरु समावेश गरिएका छन् ।
१, एक चतुर नार करके सिंगार
गायकः किशोर कुमार, मन्ना डे और महमूद
गीतकारः राजेन्द्र कृष्ण
‘ पडोसन’ को गीत ‘एक चतुर नार करके सिंगार’ मजेदार गीतहरुको सूचीमा पर्छ । सन् १९६८ मा रिलिज भएको यस गीतमा सबैलाई खुब हसाएको थियो । यो गीतको लाइन ‘ एक चतुर नार करके सिंगार, मेरे मनके द्वार ये घुसत जात, हम मरत जात अरे ही हे’ आज पनि अधिकांशको ओठमा रहिरहेको छ । यस गीतको भिडिओमा अभिनेता सुनील दत्त, सोयना बानो, मुकरी, किशोर कुमार, राज कुमार, र केष्टो मुखर्जीजस्ता कलाकारहरु रहेका छन् ।
२, गोलमाल है भाई सब गोलमाल है
गायक: सपन चक्रवर्ती, आर.डी. बर्मन
गीतकारः गुलजार
‘गोलमाल है भाई, सब गोलमाल है…’ फिल्म ‘गोलमाल’ को यो लाइन यति धेरै लोकप्रिय भयो कि आज पनि हामी बोलीचालीको भाषामा पनि प्रयोग गर्दै आएका छौँ । कमेडियन फिल्म ‘गोलमाल’ सन् १९७९ मा रिलिज भएको थियो । यसमा अमोल पालेकर, उत्पल दत्त र बिन्दिया गोस्वामी जस्ता कलाकारहरुको भूमिका रहेको छ ।
३, बदतमीज दिल
गायक: बेनी दयाल
गीतकार: अमिताभ भट्टाचार्य
सन् २०१३ मा रिलिज भएको ‘ये जवानी है दीवानी’ लोकप्रिय फिल्मको सूचीमा छ । बक्स अफिसमा यस फिल्मले धमका नै मचाएको थियो । फिल्मको डायग्लासको साथ यस गीत दर्शकसामु लोकप्रिय छ । सोही ‘बदतमीज दिल’ को यस लाइन ‘पान में पुदिना देखा, नाकका नगीना देखा, चिकनी चमेली देखी, चिकना कमीना देखा’ आज पनि हामीलाई मनोरञ्जन दिँदै आएको छ ।
४, अन्डेका फन्डा
गायकः प्रतीक जोसेफ
गीतकारः देव कोहली और सुधाकर शर्मा
‘अन्डेका फन्डा…’ यो सुनेर जोकोहीलाई पनि हासो उठ्छ । यो गीत सन् २००१ मा आएको फिल्म ‘जोडी नम्बर १’ को हो । डेविड धवनको यो फिल्ममा सन्जय दत्त र गोविन्दको दमदार अभिनय रहेको छ । यस फिल्ममा सन्जय दत्त र गोविन्दका साथै अनुपम खेर, ट्विकल, खन्ना र मोनिका बेदीले अभिनय गरेका थिए ।
५, जब तक रहेगा समोसेमे आलु
गायक: अभिजीत, सपना मुखर्जी, पूर्णिमा
गीतकार: देव कोहली
‘जब तक रहेगा समोसेमे आलु… तेरा रहुंगा ओ मेरी शालू…’ यस गीत बिना यो सूची अधुरो हुन्छ । सन् १९९७ मा रिलिज भएको यस गीतको बोल हरेकलाई रमाइलो लाग्थ्यो । यो गीत फिल्म ‘मिस्टर एन्ड मिसेज खेलाडी’ को हो । यस फिल्ममा अक्षय कुमार र जुही चावला मुख्य भूमिकामा थिए । यो फिल्म बक्स अफिसमा सेमी हिट भए पनि गीतले सबैलाई हसाएको थियो । यो गीत कुन सोचाई बसेर गाएको हो भन्ने कुरा सोच्नु पर्ने विषयको रुपमा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया