काठमाडौँ – सात इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ ।
यी कम्पनीले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमति पत्र नवीकरणबापतको दस्तुर बुझाएर अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले लाइसेन्स खारेज गरिएको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण जनाएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै ती सेवा प्रदायकको इन्टरनेट र इमेल सेवाको अनुमति पत्र खारेज भएको बताएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया