मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानको नेवाः बगैँचामा पुष्प मेला

काठमाडौँ – जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः (नेवार) बगैँचामा मेला भएको हो ।

बगैँचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ । निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्रोफेसर नरेश महर्जन हुन् । उनी शुजुओका अञ्चलका अम्बेस्डर पनि हुन् । 

“लेक हामाना हानाहाको पुष्प मेला २०२४“ नेवाः बगैंचाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेश नेपालबाट ल्याएको हो, महर्जनले भने । नेवाः बगैंचामा नेपाली फूलहरु रोप्नको लागि नेपाली फूलहरुको जानकारी दिन निकै समयदेखि आफू लागिपरेका उनले जनाए । आफ्नो देश नेपालको नाम चिनाउन, बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी दिन कार्यक्रम गरेको महर्जनले बताए ।

पूर्ण रूपमा विगत १ बर्षदेखि नै यो लेक हामाना हानाहाको पुष्प मेला २०२४ को निम्ति भोलिन्टियर रुपमा काम गर्दै आएको उनले बताए ।

“लेक हामाना हानाहाको पुष्प मेला २०२४“ को लागि विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरु पनि भएको जनाइयो । शुभारम्भ भएको दिनमा स्वयं महर्जनले लाखे प्याखं प्रस्तुति दिएका थिए । 

उनकै भाइ दीलिप महर्जनले धिमे बजाएर प्रस्तुति गरेका थिए । जापानमै बस्दै आएका राम महर्जनले बाँसुरी बजाएर प्रस्तुति दिएका थिए । त्यसैगरी नेपालबाट साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवालेले पनि यस “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ मा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । 

कलाकार सलिना महर्जनले बारम्बार धिमे प्याखं नाचेर दर्शकहरूको मात्र होइन, आमन्त्रित विशिष्ट पाहुनाहरुको समेत स्याबासी पाएकी थिइन् । साहित्यकार रीता महर्जन “ऋतु“ र महर्जनको युगल नाचले पनि सबैको मन जितेको थियो ।

साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवाले आमाछोरी हुन् । आफ्नो देश, आफ्नो भाषा, आफ्नो पहिचानको निम्ति सदा अग्रसर भई नेपालको नाम उँचो राखिराख्ने महर्जनले टेलिफोनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?