मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गल्तीले आविष्कार भएको थियो एक्स–रे

काठमाडौँ – कुनै काम गर्दा गर्दै गल्ती भयो भने झोक चल्छ नि हैन ? अझ यस्ता गल्तीले वर्षौँको मेहनत खेर जान सक्छ भने वैज्ञानिक परीक्षणका सवालमा त दुर्घटना नै निम्ताउन पनि सक्छ । 

तर एउटा अनुसन्धानमा गल्ती गर्दा अरू नै कुरा आविष्कार भएका उदाहरणहरू समेत प्रशस्त छन् । जसमध्ये एक हो – एक्स रे । सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् ।

उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे ।  त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे ।

त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे । सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए ।

उनको यो अविष्कारले रेडियोलोजिको शुरूवात गरेको हो। यही कारण अहिले नोभेम्बर ८ का दिन विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ । त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो। 

यसरी एक्स–रेको आविष्कार भयो र शरीरभित्रका अंगको अध्ययनमा यसले ठूलो क्रान्ति ल्याइदियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?