मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्नुअघि नुहाउनुका यति धेरै फाइदा

आयुर्वेदका अनुसार पनि चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्छ। यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ। यसका अलावा शारीरिक सौन्दर्य पनि कायम रहन्छ।

राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्यधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। 

– राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसँग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। 

– शरीरमा दुई खालको चिल्लो हुन्छ। पहिलो– ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ। विज्ञका अनुसार जब हामी चिसो या तातो पानीले नुहाउँछौँ, क्यालोरी खपत हुन्छ र सजिलै तौल कम गर्न सक्छौँ।

– छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ। तातो पानीले छालाको रोम छिद्र खुल्छ।

– चिसो पानीले शरीरलाई पनि सुदृढ बनाउँछ। चिसो पानीले नुहाउनले रोग प्रतिरोधी क्षमता बढ्छ। रक्त सञ्चार राम्रो हुन्छ। रोग प्रतिरोधी बढ्दा शरीरमा सेतो रक्तकोषिकाहरु पनि बढ्छन्। 

– एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो। चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ। यसबाट ताजा महसुस गर्न सकिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?