मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् रक्तदानका आश्चर्यजनक फाइदा

काठमाडौँ – रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन भने यसको विकल्प पनि विज्ञानले पत्ता लगाएको छैन । 

आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ ।

स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ । यसबाहेक रक्तदान गर्ने व्यक्तिलाई अरू के के फाइदा हुन्छ त ? 

– एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् ।

– शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्त्वपूर्ण भूमिका हुन्छ। नियमित रूपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। 

– शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ ।

– शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैन। यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ। 

– रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरूबाट टाढा राख्छ । रक्तदानले काँर्डियोवैस्कुलर स्वास्थ्यको पनि नियन्त्रण गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?