काठमाडौँ– आईसीसी विश्वकप टी २० मा नेपालले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ ।
खेलमा नेपालको छैटौँ विकेट गएको छ । खेलको १८ ओभर २ बलमा एनरिख नोक्र्याले नेपालका कुशल मल्ललाई आउट गरेका हुन् । त्यसअघि १७ ओभर ३ बल र सोही ओभरको ६ बलमा नेपालले चौथो र पाचौँ विकेट गुमाएको थियो । ताजा अवस्थामा नेपालले ६ विकेटको क्षतिमा १ सय रन बनाएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाएको हो ।
विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया