काठमाडौँ– आईसीसी विश्वकप टी २० मा नेपालले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ ।
खेलमा नेपालको तेस्रो विकेट गएको छ । खेलको १३ ओभर ४ बलमा नेपालका अनिल साहलाई आउट गरेका हुन् । आउट हुनुअघि उनले २४ बलमा २७ रन बनाए । ताजा अवस्थामा नेपालले तीन विकेटको क्षतिमा ८५ रन बनाएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाएको हो ।
विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया