मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी रोगमा औषधिको काम गर्छ आँपले, कसरी प्रयोग गर्ने ?

काठमाडौँ –  यो आँपको मौसम हो । धेरैको घरमा यो मौसममा फलफूलको रूपमा आँप खाने गरिन्छ । बजारमा पनि थरिथरिका आँप उपलब्ध छन् भने अधिकांशले  मौसम अनुसारको फल खानुपर्छ भनेर खाइरहेका हुन्छन् ।

गर्मीको समयमा आँप निकै रुचाइने फल हो । आँपमा प्रशस्तै पोषक तत् पनि पाइन्छ । आँपमा भिटामिन ए, कपर आइरन र पोटासियम जस्ता तत्व हुन्छन् । धेरैलाई आँपले यी बिरामको ओखतीको काम गर्ने कुरा थाहा नहुन सक्छ 

आउनुहोस यसबारे आज चर्चा गरौँ

– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुहोस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ।

– बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान दिनुहोस्। यसले पेटको किरा पनि मर्छ।

– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

– गिजाबाट रगत निस्कने समस्यामा आँपको बियाँ निकालेर पिस्नुस् र यसलाई मञ्जनको रूपमा प्रयोग गर्ने हो भने पायरियासहित दाँतका रोगबाट लाभ मिल्छ।

– काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ। एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान, बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ।

– २ सय ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २ सय ५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?