काठमाडौँ– आईसीसी टी २० विश्वकपमा नेपालले अहिले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा नेपालले दक्षिण अफ्रिकाको पाचौँ विकेट लिएको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले १७ ओभर ३ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलरको विकेट लिएका हुन् ।
आउट हुनुअघि मिलरले १० बलमा ७ रन बनाए । उनको विकेटसँगै ताजा अवस्थामा दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ९७ रन बनाएको छ ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले नै क्विन्टन डीकक र रिजा हेण्ड्रिक्सलाई आउट गरेका थिए । विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया