काठमाडौँ– आईसीसी टी २० विश्वकपमा नेपालले अहिले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा नेपालले दक्षिण अफ्रिकाको चौथो विकेट लिएको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ ओभर ३ बलमा दक्षिण अफ्रिकाका रिजा हेण्ड्रिक्सको विकेट लिएका हुन् ।
आउट हुनुअघि उनले ४९ बलमा ४३ रन बनाए । उनको विकेटसँगै ताजा अवस्थामा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ८२ रन बनाएको छ ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले क्विन्टन डीककलाई आउट गरेका थिए । विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया