काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सरकारले विदेशी फिल्म मेकरलाई नेपालमा छायाङ्कनका लागि आकर्षित गर्न नसकेको बरु दोहन गरिएको बताएका छन् ।
आज (शुक्रवार) प्रतिनिधि सभा संसदमा बोल्दै उनले विदेशी मेकरलाई आकर्षित गर्नुको साटो ‘दोहन’ गरिएको बताएका हुन् ।
उनले संसदमा बोल्दै नेपाल सरकारले नेपालको वर्णन गर्दै फिल्म निर्माण गर्नुपर्ने समेत बताए । यस्तै उनले विदेशी फिल्म नेपालमा छायाङ्कन गर्ने वातावरण मिलाउनुभन्दा पनि उनले विदेशबाट फिल्म छायांकनका लागि नेपाल आएका फिल्म मेकरको दोहन गरेको बताएका छन् ।
‘आज नेपालको एउटा गाउँको अस्ट्रेलियामा नेपालको गाउँजस्तो बनाएर किन छायाङ्कन भइरहेको छ भने उनीहरुले ट्याक्स रिबेट दिन्छन्, हामीले कहाँ दियौँ,’ उनले भने, ‘यसअघि हलिउडको डक्टर स्ट्रेञ्ज, एभरेस्ट, बलिउडको उचाइ लगायतका फिल्मको छायांकन भएको थियो तर उनीहरुलाई हामीलाई आकर्षित गर्नै सकेनौँ ।’
संसदमा बोल्दै उनले सरकारले नेपालका जोशिला युवाहरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गएको तर उनीहरुलाई राज्यले केही नगरेको बरु हिन्दी फिल्मको प्रचार गरेको आरोप लगाए ।
उनले अक्षय कुमारले एक फिल्मको छायाङ्कन गरेपछि ‘नेपाल फिल्म छायांकनमैत्री मुलुक नभएको’ प्रतिक्रिया दिएको पनि बताए । संसदमा बोल्दै उनले रेडियो नेपालका गीत म्युजिक नेपालले कसरी व्यक्तिगत बनायो भनेर त्यसको खोजी गर्नुपर्ने धारणा राखे ।
साथै उनले नेपालमा चलचित्र विकास बोर्डले कुनै काम गर्न नसकेको र यो भन्दा बरु चलचित्र विकास आयोग बनाउनुपर्ने माग राखे ।
भिडियो हेर्नुहोस्:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया