प्रायजसो महिलाहरूमा ४० कटेपछि महिनावारी सुक्ने हुन्छ । ४० वर्ष कटेपछि चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्ने समस्या भए महिनावारी सुक्न लागेको बुझ्नुपर्छ ।
४० वर्ष नाघेपछि महिलाहरूले आफ्नो शरीरमा केही परिवर्तन भएको पनि महसुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरूको परिवर्तन यही उमेरबाट शुरु हुन्छ ।
जसले गर्दा उनीहरूमा शारीरिक र मानसिक साथै अरू कुराहरूमा पनि परिवर्तनहरू हुन सुरु हुन्छ । यसकारण ४० वर्ष पुगेपछि मानसिक परिवर्तन पनि हुने भएकाले महिलाहरूले खानपिनमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।
४० कटेपछि आउने परिवर्तनहरू
–४० वर्ष नाघेपछि महिनावारी सुक्ने प्रक्रिया पनि सुरु हुन्छ । सबै महिलाहरूको उस्तै उमेरमा महिना सुक्छ भन्ने पनि छैन । महिनावारी सुक्नु भनेको महिलाहरूको प्रजनन क्षमताहरू बिस्तारै कम भएर गएको भन्ने बुझिन्छ । प्रजननको लागि चाहिने जति हर्मोनहरू छ ती बिस्तारै कम हुँदै जान्छन् । त्यो कम भएको कारण महिलाका शरीरमा परिवर्तनहरू आउन थाल्छ ।
–कतिपयमा भने स्वास्थ्यलाई नै खराब गर्ने खालको परिवर्तनहरू पनि हुनसक्छ । ४० वर्ष पुगेपछि हुने मानसिक परिवर्तन भनेको एकदमै रिसाएको रिसाएकै गर्ने, बुझाउन गाह्रो हुने हुन्छ र यो सबै हर्मोनहरूको कारणले गर्दा हुन्छ ।
– ४० वर्ष कटेपछि कतिपय दुःखी हुँदै जाने, एकदमै दिक्क मान्ने, पहिला गरेको काम पनि किन गरेछु भनेर दिक्क मान्ने पनि हुन्छन् । अस्थिर हुने, निन्द्रा नलाग्ने, पुरानो कुरा सम्झेर बस्ने, यौन चाहनाहरू कम हुँदै जानेजस्तो कुराहरू हुँदै जान्छ ।
–त्यसैगरी शारीरिक परिवर्तनहरू पनि देखिन्छ । यसमा सबैभन्दा धेरै देखिने परिवर्तन भनेको शरीरमा अचानक तातो हुने, एक छिनमा फेरि चिसो हुने हुन्छ । महिनावारी सुक्ने समयमा करिब ७० प्रतिशत महिलाहरूमा यस्तै देखिन्छ ।
–राति निन्द्रा नलाग्ने, योनीद्वारहरू सुख्खा हुँदै जाने जस्ता समस्या पनि देखिन थाल्छ ।
–४० वर्ष कटेपछि सबभन्दा डर लाग्दो कुरा भनेको शरीरको हड्डी साह्रै कमजोर हुँदै जान्छ । हड्डीमा, मासु घट्दै जान्छ । यो चाहिँ उमेर अनुसार घट्दै जाने प्रक्रिया हो । महिनावारी सुकेपछि बोर्नको डेन्सिटी घट्ने प्रक्रियामा एकदमै फास्ट हुन्छ । त्यसकारण त्यो चाहिँ ठुलो समस्या हो । डेन्सिटी घट्यो भने हाम्रो हड्डी छिटो भाँचिन्छ । कतिपय अवस्थामा हड्डी भाँच्चिएकै कारणले पनि मान्छेको ज्यान तलमाथि हुनसक्छ ।
–अर्को महिनावारी सुक्ने बेलादेखि र सुकिसकेपछि मुटुको समस्या देखिन्छ । यस्तो अवस्थामा सुगर बढ्न सक्छ, ब्लड प्रेसर बढ्न सक्छ ।
४० कटेपछि यसरी दिनुहोस् खानपानमा ध्यान
–यो उमेर लागेपछि महिलाहरू मोटाउँदै जाने हुन्छन् । शरीरको बिच भागमा बढी बोसो लाग्न थाल्छ । त्यो भनेको खतरा हो । त्यसले मुटुको रोगलाई निम्त्याउँछ । सुगरलाई निम्त्याउँछ । त्यसो हुनाले उहाँहरूले एक्सरसाइजमा मात्रै होइन, खानपानमा पनि ध्यान दिनुपर्छ ।
पहिला दैनिक माछा, मासु खाइन्छ भने त्यसलाई पनि घटाउनुपर्ने हुन्छ । जङ्क फुड खाने बानी घटाउनु पर्छ । त्यसले त्यसले क्यालोरी बढाउने, शरीरलाई मोटो बनाउने भयो । जङ्क फुडमा केमिकल पनि हुन्छ । अर्को प्रोसेस गरेको खानेकुराहरू पनि खानुभएन । चिया, कफीको मात्रा पनि घटाउनु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया