हामी कतिपयको बानी चुप लागेर बस्न नसक्ने हुन्छ । यसकारण शरीरुका अंगहरु जस्तै आँखा मिच्ने, नाक कोट्याउने,नङ टोक्ने जस्ता खराब बानी हुन सक्छन् । तर यसो गर्नु बिलकुल गलत हो ।
हामीहरू स्वस्थ रहनका लागि हर सम्भव कोसिस गरिरहेका हुन्छौँ । तैपनि नजानीकनै हामीहरू गल्ती गरिरहेका उङ्छौँ जसले पछि गम्भीर परिणाम निकाल्छन् । केही मानिसलाई शरीरका अङ्ग बारम्बार छुने फोहोरी बानी लागेको हुन्छ । यो बानीले स्वास्थ्यलाई हानि गर्छ । तपाईँमा पनि यस्तो बानी छ भने आजैबाट सुधार्नुहोला ।
डण्डीफोर चलाउने
अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा हो । तर केही मानिस डण्डीफोरमा बारम्बार हात पुर्याइरहेका हुन्छन् । डण्डीफोर छुँदा ब्याक्टेरिया अनुहारको अन्य भागमा पुग्छन् । अनि ती भागमा फोकाफोकी आउँछन् । फोकाफोकी छोइरहँदा डण्डीफोर चर्किरहन्छ र दाग वा घाउ समेत बन्छ ।
आँखा मिच्ने बानी
केही मानिस बारम्बार हातले आँखा मिचिरहेका हुन्छन् । यसो गर्दा आँखाभित्र ब्याक्टेरिया छिर्न सक्छन् । यी ब्याक्टेरियाका कारण आँखा चिलाउने, पोल्ने र पानी निस्कने समस्या आउँछ ।
नङ
केही मानिसको नङ टोकेर बस्ने बानी हुन्छ । यसो गर्दा फोहोरी ब्याक्टेरिया पेटमा पुग्छ । कीटाणु पेटमा पुग्दा पाचनसम्बन्धी समस्या आइलाग्छ । यसकारण हप्तामा एकचोटि अवश्य नङ काट्ने गर्नुहोस् ।
मुख
खाना खाँदा कहिलेकाहीँ केही कुरा अड्किएमा केही मानिस मुखभित्र औँला घुसाएर निकालिरहेका भेटिन्छन् । यो बानीका कारण हातका ब्याक्टेरियाहरू मुखभित्र पुग्छन् अनि मुखका चाहिँ हातमा आइपुग्छन् । यसरी ब्याक्टेरिया साटिँदा मुखका लागि खतरनाक हुन्छ । यसो गर्दा मुख गनाउने, दाँतमा पीडा हुने र सड्न थाल्ने समस्या आउँछ ।
नाक
नाकमा औँला घुसाउँदा ब्याक्टेरिया हातमा टाँसिन्छ । अनि हातको ब्याक्टेरिया नाकमा पस्छन् । नाकमा कीटाणु पस्दा सास फेर्न समस्या र फोक्सोको रोग लाग्ने सम्भावना हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया