मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० विश्वकप : इंग्ल्याण्डको ऐतिहासिक जित,ओमान ८ विकेटले पराजित

काठमाडौँ – आईसीसी टी २० विश्वकपमा ओमानविरुद्धमा खेलमा  इंग्ल्याण्डले ऐतिहासिक जित निकालेको छ ।

आज बिहान भएको खेलमा ओमानमाथि  ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको हो ।

ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको यो जित विश्वकप इतिहासमा ऐतिहासिक जित हो।

उसका लाथि जोस बट्लरले नटआउट २४ रन बनाए । शुरुको दुई बलमा छक्का प्रहार गरेका फिल साल्ट ३ बलमा १२ रन जोडेर आउट भए। विल ज्याक्सले ७ बलको सामना गर्दै ५ रन जोडे भने जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा  ४७ रन मात्र बनाएको थियो । समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो । इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ । 

यता सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ।

तेस्रो स्थानमा रहेको नामिबियाले तीन खेल खेल्दा दुई अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?