मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबले ल्यायो नयाँ टूल, अब एकभन्दा बढी थम्ब्नेल राख्न सकिने

काठमाडौं – भिडियो शेयरिङ प्लाटर्फम युट्युबले नयाँ टूल थपेको छ ।

थम्ब्नेल टेस्ट एन्ड कम्पेयर नामक यो टूलले युट्युबमा एकभन्दा बढी थम्ब्नेल राख्न सकिने छ । क्रियटरले यस टुल प्रयोग गरेर आफ्नो भिडिओमा तीन ओटासम्म थम्ब्नेल राख्न सक्नेछन् ।

युट्युबका अनुसार प्रत्येक थम्ब्नेलले बटुलेको भ्युज क्रियटरले हेर्न सक्छन् । कम्प्युटरमार्फत मात्र चलाउन सकिने छ यो टुल ए/बी टेस्टिङका नामले समेत चिन्ने गरिएको छ ।

गत जुन महिनामा नै घोषणा गरिएको यो फिचर अहिले केही क्रियटरमा सीमित गरिएको छ ।

यस टुलले राम्रो थम्ब्नेल सुझाव दिने भए पनि आफैं राख्ने भने गर्दैन । ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले छान्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?