मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इलन मस्कले किन  फिर्ता लिए ओपनएआई विरुद्धको मुद्दा ?

काठमाडौँ – अमेरिकी अर्बपती इलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी कम्पनी ओपनएआईविरुद्धको मुद्दा फिर्ता लिएका छन् । 

अचानक मुद्दा फिर्ता लिनुको कारणबारे मस्कले केही खुलाएका छैनन् । तर  ‘कुनै पूर्वाग्राह’ बेगर मुद्दा फिर्ता लिएको उल्लेख गरेका उनले भविष्यमा कुनै पनि बेला फेरि मुद्दा ब्युँत्याउन सक्ने बाटो भने कायम राखेका छन् । 

उनले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानाई विपक्षी बनाएर उनले मुद्दा हालेका थिए ।

यसको संस्थापक समेत रहेका उनले कम्पनीको स्थापनाका क्रममा भएको नाफा वितरण नगर्ने र निःशुल्क रहने साझा धारणाविपरीत माइक्रोसफ्टसँग मिलेर अर्बौं डलरको व्यवसायमा लागेको आरोप लगाएका थिए ।

मुद्दा दायर भएपछि ओपनएआईले पनि मस्कलाई ढोंगी भएको भन्दै २०१५ यताका सबै इमेल र कुराकानी एक ब्लगमार्फत सार्वजनिक गरिदिएको थियो । 

सन् २०१८ मा ओपनएआईबाट बाहिरिएयता मस्कले निरन्तर सो कम्पनीविरुद्ध विभिन्न अभिव्यक्ती दिँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?