मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो। 

हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

साथै, तोकिएको समयभित्र शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?