मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी–२० विश्वकप: आज दुई खेल हुँदै, वेस्ट इन्डिज र न्यूजील्याण्डबीचको खेल जारी

काठमाडौँ – जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै छ।

टस जितेर न्युजिल्यान्डले सुरुमा फिल्ड रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गर्न लागेको हो। वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ ।

वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी–२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।

त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुदै छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । 

बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ ।  श्रीलङ्काको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?