मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी टी–२० विश्वकप: अमेरिकालाई हराउँदै भारत ‘सुपर ८’मा

काठमाडौँ –आईसीसी टी–२० विश्वकपमा भारत ‘सुपर ८’मा प्रवेश गरेको छ। बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर ८ मा प्रवेश गरेको हो ।

अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो।

भारतका लागि कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शून्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे।

अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए भने दुवेले ३५ बलको सामना गर्दै एकएक चौका र छक्काको मद्दतमा नटआउट ३१ रन बनाए। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए।

यता अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए।

यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए। स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन बनाए।

भारतका लागि अर्शदीप सिंहले चार विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिएर चार विकेट हात पारेका हुन्। उनको बलिङले अमेरिकी ब्याटिङ लाइन कमजोर बनेको थियो। हार्दिक पाण्ड्याले दुई विकेट र अक्षर पटेलले एक विकेट हात पारे।

यो जितसँगै भारत विश्वकपको समूह ‘ए’को शीर्ष स्थानमा रहेको भारतले एक खेल अगाडि लगातार तीन खेल जित्दै सुपर ८ मा स्थान बनाएको हो। यो समूहको दोस्रो स्थानमा अमेरिका छ।

अमेरिकाले तीन खेलमा चार अंक जोडेको छ। पाकिस्तान र क्यानडाले दुईदुई अंक जोडेका छन् भने आयरल्यान्ड अकंबिहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?