मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुवेतको आवासीय भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु

काठमाडौँ – कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो ।

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका छन् । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने बताएका छन् ।

कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन्। यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?