मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शब्दबिनाको राष्ट्रिय गान भएको देश स्पेन

काठमाडौँ – तपाईँलाई अचम्म लाग्ला कुनै देशको राष्ट्रिय गान आधिकारिक शब्दबिनाको छ भन्ने सुन्दा । 

तर यो देश तपाईँले सुन्दै आएको देश स्पेन हो । यो देशको राष्ट्रिय गानमा शब्द छैन । 

स्पेनको राष्ट्रिय गानलाई ‘मर्चा रियाल’ भनिन्छ । यसको नामबाटै स्पष्ट हुन्छ यो चार–चार पटकको सैन्य मार्च (परेड) हो । ‘मर्चा रियाल’ दुई मिनेटको हुन्छ तर खेलकुद प्रतियोगितामा बजाइने ‘मर्चा रियाल’ करिब ४० सेकेन्डको मात्र हुन्छ ।

‘मर्चा रियाल’ कहिले सुरु गरियो भन्ने स्पष्ट तिथि छैन तर सन् १७६१ तिर म्यानुयल डी इस्पिनोसाले ‘ला मर्चा ग्रानाडेरा….’ नयाँ सैन्य मार्च सङ्गीतबद्ध गरेको इतिहासमा उल्लेख गरिएको छ । 

सन् १७७० मा कार्लोस तृतीयले आफू आउँदा ‘ला मर्चा ग्रानाडेरा….’ बजाइए आफूलाई खुसी हुने आदेश जारी गरेपछि यसलाई राष्ट्रिय गान बनाइयो । इसाबेला द्वितीयको शासनकाल सन् १८३३–६८, मा यसलाई औपचारिक रूपमा स्पेनको राष्ट्रिय गान बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?