जनकपुरधाम – महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीय जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपिट भएको हो।
कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ।
गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलौज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपिट गरेको उनको आरोप छ।
महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया