काठमाडौँ – सरकारकाले साउन १ बाट चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को सट्टा राष्ट्रिय परिचय पत्र देखाउँदा हुने व्यवस्था गर्ने तयारी गर्न लागेको छ ।
योसँगै अब राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले सवारी चालक अनुमति पत्र बोक्नु नपर्ने भएको छ । यसको मतलब राष्ट्रिय परिचय पत्रले लाइसेन्सको काम गर्ने भने हैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार अहिले सवारी चालक अनुमति पत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको छ ।
यसको अर्थ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग प्राविधिक सहकार्य गरी सवारी लाइसेन्समा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको छ ।
यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ ।
अहिले ड्राइभिङ लाइसेन्सको पर्खाइमा २० लाखभन्दा बढी सेवाग्राही छन् रहेको अवस्थामा यसले केही राहत हुने विभागको आशा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया