यति बेला अत्यधिक गर्मी छ । यसकारण यस्तो गर्मी छल्न मानिसहरू पोखरी,झरना,खोला तथा कृत्रिम पानीका स्रोतहरूमा पौडी खेल्न जाने गर्छन् ।
गर्मीको मौसममा स्विमिङ पुलमा गएर पौडिनुको मज्जा नै बेग्लै हुन्छ । पौडी खेल्दा शरीरलाई शीतलता प्रदान गर्नुका साथै मन चङ्गा भएर शरीर पनि फुर्तिलो हुन्छ । साना–साना बच्चाहरू लगायत पाका मानिसहरू पनि पौडी खेल्न रुचाउँछन् । तर पौडी खेल्न जानुअघि र खेल्दा ध्यान दिनुपर्ने कुरा पनि धेरै छन् ।
–पौडी खेल्न जानुअघि चिसो पानीले नुहाएर स्विमिङ पुलभित्र जानु उपयुक्त हुन्छ । यसले छालालाई क्लोरिनबाट हुनसक्ने समस्याबाट केही हदसम्म जोगाउँछ । यसरी स्विमिङ पुलमा जाँच्नुअघि शरीर भिजाउँदा क्लोरिन पानी छालामा कम सोस्छ । यदि शरीर नभिजाईकन जाँदा छालाले क्लोरिनयुक्त पानी धेरै सोस्न सक्छ । जसले गर्दा छालामा विभिन्न किसिमका समस्या हुनसक्छ ।
– छालालाई घामबाट जोगाउन स्विमिङ बिहान १० बजे अघि र दिउँसो ४ बजे पछि गर्नु राम्रो हुन्छ । किनकि यस अवधिमा चर्को घाम नहुने भएकाले छालालाई धेरै असर गर्दैन ।
–स्विमिङ पुलमा जानुअघि छाला चिल्लो हुने क्रिमको प्रयोग गर्नुपर्छ, पानीलाई छालाभित्र छिर्न रोक्छ । त्यस्तै पानीका साथै छालालाई घामबाट जोगाउन सन ब्लक क्रिम लगाउनुपर्छ । यो स्विमिङ पुल जानुभन्दा १५–२० मिनेटअघि लगाउनुपर्छ । यसले छाला कालो हुनबाट जोगाउँछ ।
–सन ब्लक क्रिम वाटर पुफ्र अर्थात् वाटर रेजिस्टेन्स भएको ३० प्लस एसपीएफ भएको राम्रो खालको लगाउनुपर्छ । यसलाई स्विमिङ जानुभन्दा पहिला मात्र नभई स्वीमिङको बीचबीचमा सन ब्लक र लोसन लगाइराख्नुपर्छ, यसले शरीरलाई घामबाट छालामा हुने समस्या हुनबाट जोगाउँछ ।
–स्विमिङ गरिसकेपछि वा स्विमिङ पुलबाट निस्किसकेपछि सफा पानीले शरीर पखाल्नुपर्छ । यसले शरीरमा टाँसिएका क्लोरिन तत्त्वलाई पखाल्ने काम गर्छ । छालामा नकारात्मक असर हुनबाट जोगाउँछ । स्विमिङ एकदेखि दुई घण्टा मात्र गर्दा राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया