मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा दही र दही भात खानुका फाइदाहरू 

चर्को घाम लाग्ने समयमा हामी शीतलता प्रदान गर्न दही,मोहीको सेवन गर्ने गर्छौ । दही मोही जस्ता दुग्धजन्य पदार्थ स्वास्थ्यका लागी निकै लाभकारी हुन्छन् ।

यससँगै गर्मी सुरु भएसँगै शरीरमा अत्यधिक पसिना आउने भएकोले शरीरमा पानीको मात्र पनि कम हुने गर्दछ । जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरू गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खाने कुराहरू धेरै खाना रुचाउने गर्दछन्।

दही धेरैको भान्सामा पाइने खानेकुरा मध्ये एक हो । दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ । यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाइदा पुर्‍याइरहेको हुन्छ ।

यस्तै गर्मी समयमा भात र दहीलाई साथमा खानु पनि एकदमै धेरै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्त्वहरूले शरीरका कैयौँ रोगहरूलाई भगाउँछन् । यसबाट पाइने फाइदाहरू यस प्रकार रहेका छन् । 

–दही र चामलमा क्यालोरी, क्याल्सियम, प्रोटिन, पोटाशियम र आइरन जस्ता पोषक तत्त्वहरू हुन्छन् जसले तनाव कम गर्छ । साथमा यसलाई खाँदा गर्मीमा हुने पेट सम्बन्धी समस्याहरूबाट पनि बच्न सकिन्छ ।

–चामल र दही पेटका लागि एकदमै धेरै फाइदाजनक हुन्छन् । यसले पाचन प्रणालीलाई राम्रो बनाउनुका साथै कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ ।

–अत्यधिक तनावले गर्दा अनिद्राको समस्या हुन्छ । यस्तोमा तपाईँ दिनभरको थकानपछि साँझको खानामा पनि दही चामल खान सक्नुहुन्छ । यसलाई पचाउन सजिलो हुनुका साथै मुड पनि फ्रेस बनाउँछ ।

–दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ ।

–भोक कम लाग्ने समस्या भएका व्यक्तिहरूले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ ।

–दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ । दहीले कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ ।

–दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरूको विकासमा धेरै सहयोग पुर्‍याउनुका साथै, दाँत, नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

–निद्रा नलाग्ने समस्या भएकाहरूले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केही हदसम्म सहयोग पुर्‍याउने गर्दछ ।

तर खाली पेटमा दही बिर्सेर पनि खानु हुँदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?