काठमाडौँ – पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ । जारी आईसीसी टी २० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
समुह ए अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
यस समुहमा भारत र अमेरिकाले २–२ खेल जितेर ४–४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन् । अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया