मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० विश्वकप : वर्षाले खेल रोकिएपछि नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले रद्द भएको छ।

वर्षाले खेल हुन नसकेपछि दुवै देशले एक एक अंक बाँडेका हुन्। यो खेल अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान ५ : १५ बजेदेखि शुरु हुने समयतालिका थियो । 

वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ। 

फतल: खेल हुन नसक्ने अवस्था बन्दा खेल रद्ध भएको हो । योसंगै अंकबिहीन नेपाल र श्रीलंकाले एक एक अंक बनाएका हुन् ।

यसअघि नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?