काठमाडौँ – आईसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेललाई वर्षाले प्रभावित बनाएको छ। खेल शुरु हुनुभन्दा आधा घण्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ।
सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। बिहानदेखि शुरू भएको ७ : ४५ मा भने रोकिएको छ। अब केहिवेरमा मैदानको निरिक्षण हुनेछ भने त्यसपछि मात्र टसको बारेमा निर्णय हुनेछ।
नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।
समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया