मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

काठमाडौँ – सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

अहिले संसदमा विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल आजदेखि शुरु हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?