भनिन्छ नि मानिसको जीवनमा जताततै समस्या नै समस्या हुन्छ । वास्तवमै मानिस सन्तुष्ट कहिले हुँदैन । मान्छे आफू दुब्लो भए पनि समस्या नै मान्छ र मोटो भए पनि समस्या नै मान्छ ।
कति व्यक्तिहरूको शरीर मोटो भएको कारण ज्यान घटाउन तल्लीन रहन्छन् । जिम धाउँछन्,खाना घटाउँछन् अनेक गर्छन् ।
कतिपयलाई भने ज्यान नलागेर तनावमा हुन्छन् । र ज्यान लागोस् भनेर विभिन्न उपायहरू अपनाउँछन् तर सोचेअनुरूप सफलता पाइरहेका हुँदैनन् । यसकारण आज हामी तपाई दुब्लोपनाबाट सफर हुनुहुन्छ भने तपाईँको लागी केही टिप्सहरू लिएर आएका छौ ।
आज हामी प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण यस्तो अद्भुत खानेकुरा वा चीज बताउन गइरहेका छौँ, जसको सेवन गर्नाले तपाईँको वजन केही हप्तामै बढेर शरीरलाई स्फूर्त, बलियो, जाँगरिलो र मजबुत बनाउँछ । यो तौल बढाउनको लागि १०० प्रतिशत प्रभावकारी घरेलु उपाय हो ।
यी खानेकुराहरू हुन् साबुदानाको – खीर र आलु
हरेक दिन दूधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस्। यसले शरीरमा ऊर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ ।
त्यस्तै दोस्रो चीज हो आलु । यसको लागि ३ ओटा ठुलो ठुलो आलु उमाल्ने । हरेक दिन यसरी उमालेको आलु खानुहोस्।
आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फूर्त बनाई शरीरको तौल बढाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया