सामान्यतया हामी नुन पानीको प्रयोग घाटी दुखेको समयमा कुल्ला गर्नलाई प्रयोग गर्ने गर्छौ । यसैगरी कब्जियतबाट छुटकारा पाउन पनि खाली पेटमा नुनपानी पिउने गरिन्छ ।
यसले आन्द्राको बाहिरी सफाइ गर्छ साथै भित्री रूपमा नै समस्या कम गराउँछ । साथै यदि तपाइले दैनिक रूपमा नुन पानीले खुट्टा धुनुभयो भने तपाईँले धेरै प्रकारका लाभहरू पाउन सक्नुहुन्छ ।
यस्ता छन् नुन पानीको प्रयोग र फाईदाहरुः
–हिमालयन साल्टमा पाइने मिनरलसहरुले मांसपेशीहरुमा हुने दुखाई कम गर्छ र रक्तसञ्चार राम्रो बनाउँछ । नुन पानीमा खुट्टा डुबाएर केही बेर बस्दा रक्तचाप सही हुन्छ ।
–यसमा हुने मेलाटोनिन र सेरोटोनिनले हर्मोनहरुलाई नियन्त्रण गर्छ र मस्तिष्कमा हुने उथलपुथललाई नियन्त्रण गर्छ । जसले तनावको समस्याबाट राहत पाउन सकिन्छ ।
–खुट्टाको छालाको सुन्दरता बढाउन चाहनुहुन्छ भने पनि तपाईँ दैनिक रूपमा १५ देखि २० मिनेट मनतातो पानीमा नुन राखेर भिजाउनुहोस् । यसले छालालाई पनि विभिन्न लाभहरू हुन्छ ।
–यदि तपाईँको खुट्टा दुख्ने, पैतलामा दुखाईको समस्या छ भने पनि तपाईँ नुन पानीमा केही बेर खुट्टा डुबाउन सक्नुहुन्छ । यसले दुखाई कम गर्छ ।
–नुन पानीमा खुट्टा डुबाउँदा खुट्टाको तनाव तथा थकान कम हुन्छ । जसले गर्दा राम्रो निद्रा लाग्छ । खुट्टाको हड्डी दुख्ने समस्या पनि कम हुन्छ ।
–यदि तपाईँको खुट्टा सुन्निएको छ भने पनि तपाईँ नुन पानीमा खुट्टा डुबाउन सक्नुहुन्छ । यसले सुन्निएको कम हुन्छ र खुट्टामा आराम हुन्छ ।
– नुनले शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्ने र पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।
–यसले पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । केही समयमा नै तपाईँ पेट सफा भएको महसुस गर्नुहुन्छ ।
–घाटी दुखेको छ भने नुन पानीले कुल्ला गर्दा राहत मिल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया