मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेजन नदीमा पाइने माछा मोरङको खोलामा भेटिएपछि..

मोरङ – अमेजन नदीमा पाइने मिचाहा माछाको एक प्रजाति मोरङको बेलबारी र धनपालथानमा फेला परेको छ ।

पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको सो माछा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने प्रजाती हो । जुन नेपालमा पहिलो पटक बेलबारी नदीमा चार वर्षअघि देखिएको थियो ।

नयाँ प्रजातिको माछा हुनसक्ने शङ्का लागेर स्थानीय अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पछ्याएका थिए ।

पछि दुई चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा यो अति मिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति रहेको पुष्टि भएको हो ।

यो माछाको वासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टिसहित अनुसन्धानकर्ताले लेखेको लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ विज्ञान पत्रिकामा हालै छापिएको छ । लोहन्द्रा खोलाबाट यो नयाँ प्रजातिको माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए । पूर्वी नेपालका तमोरलगायत नदीका ५० ठाउँमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई ठाउँमा यो प्रजाति र त्यही जातको अर्को प्रजाति दमक क्षेत्रको खोलामा भेटिएको उल्लेख छ ।

यो माछा कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदीमा पुगेको या भारतबाट नदीमा खेल्दै आएको हुनसक्ने अनुसन्धानकर्तामध्येको भनाई छ ।  

जताबाट आए पनि मिचाहा स्वभाव भएको यो माछालाई तत्कालै नियन्त्रण गर्न पर्ने उनीहरूको सुझाव छ ।

यसले यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइएको छ । यसैका कारण हाम्रा स्थानीय माछाहरु नास हुन सक्ने अनुसन्धानकर्मीको चिन्ता छ ।  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?