मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पिसाब किन पोल्छ ? 

गर्मी याममा धेरैले भोग्ने एक समस्या हो – पिसाब पोल्ने । केटा होस् वा केटी दुबैमा यस्तो समस्या हुन्छ ।

वास्तवमा यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । किनभने पिसाबको माध्यमबाट शरीरको विषाक्त पदार्थ बाहिर निस्कने हो । त्यसैले मुत्राशयसँग जोडिएको रोगबारे सतर्क हुनै पर्छ ।

यसको मुख्य कारण त पानीको मात्रा कम हुनु नै हो । तर, यो एक मात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि सङ्केत गर्छ । 

पिसाब पोल्ने कारण यस्तो हुनसक्छ : 

शरीरमा पानीको कमी, मूत्र नलीको सङ्क्रमण, मिर्गौलामा पत्थरी, कलेजोमा समस्या, अल्सर, गर्भवती अवस्थामा स्नायु तथा ढाडको हड्डीमा समस्या, विर्यमा हुने सङ्क्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थि बढ्नु, मधुमेह, कुपोषण तथा मूत्र नली खुम्चिनु ।

कसरी बच्ने ?

दिनमा कम्तीमा ३ लिटर पानी पिउनु, अमिलो फलहरू, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खाने, अमलाको रस पिउने, नरिवलको पानी पिउने, यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ,  पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सकको परामर्शमा स्वास्थ्य जाँच तथा औषधि उपचार गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?