मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् पुरुषको यौन शक्ति बढाउने प्राकृतिक तरिका

काठमाडौँ – सबैलाई थाहा भएको कुरा हो, सुखी दाम्पत्य जीवनको आधार नै सफल यौन जीवन हो ।

यदि तपाईँको यौन जीवन स्वस्थ छैन भने तपाईँको वैवाहिक जीवन कमजोर हुन थाल्छ । तर बढ्दो उमेरसँगै कयौँ पुरुषहरू कामेच्छामा कमी भएको अवस्थाको सामना गरिरहेका हुन्छन् । 

विज्ञहरूका अनुसार यो ठूलो समस्या होइन । कोही मानिस आफ्नो सेक्स चाहना बढाउन चाहन्छ भने यसका लागि कुनै औषधी आवश्यक छैन । यौन जीवन स्वस्थ र सुखद होस् भन्नाका लागि तपाइले आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिनु आवश्यक छ ।

– यदि तपाई दैनिक एक्ससाइजलाई नियमितता दिनुहुन्छ भने यो यौन इच्छा बढाउनका लागि सहयोगी हुन सक्छ । सन् २०१५ मा टेस्टोस्टेरोनको लेभल कम हुने पुरुषमा अध्ययन गरिएको थियो । जसमा जो व्यक्ति नियमित एक्ससाइज गर्छन्, उनीहरूको यौन चाहना बढी पाइएको थियो ।

– कयौँ वैज्ञानिकहरू मोटोपनलाई सेक्स चाहना कम हुनुसँग जोड्छन् । बढी वजन हुँदा टेस्टोस्टेरोन लेभल कम हुने खतरा रहन्छ । त्यसकारण आवश्यकताभन्दा बढी वजन हुनबाट बच्नुपर्छ । यसबाट यौन चाहना बढ्न सक्छ ।

– आफ्नो दैनिक जीवनमा हेल्दी डाइटको सेवक गर्नाले सेक्सको चाहना बढ्न सक्छ । त्यसका लागि आफ्नो खानामा कम गुलियो खानेकुरा, हरियो पातवाला सागसब्जी र प्रोटिनयुक्त डाइट सामेल गर्नुपर्छ ।

– हरेक मानिसको जीवन अलगअलग स्टेजमा कुनै न कुनै तनावसँग जुधिरहेको हुन्छ । तर, यस्ता तनावका बेला आफूलाई शान्त राख्न जरुरी हुन्छ । धेरै चिन्ता तपाईँको यौन चाहनालाई कम गर्न सक्छ । 

– राम्रो निन्द्रा कयौँ बिरामीको रामवाण उपचार हो । यसको गहिरो सम्बन्ध यौन चाहनामा पनि हुन्छ । सन् २०१५ मा भएको एक अनुसन्धानका अनुसार यदि तपाई रातमा दैनिक कमसेकम ८ घण्टा निदाउनु हुन्छ भने त्यसको राम्रो प्रभाव यौन जीवनमा पनि पर्छ ।

– पुरुषमा यौन चाहना बढाउनका लागि हर्बल उपचार कति असरदार छ भन्ने विषयमा धेरै कम अनुसन्धान भएका छन् । तर, यसका बाबजुद कयौँ फाइदा हुन सक्छन् । सन् २०१५ को अध्ययन अनुसार यस उपचारबाट यौन क्रिया राम्रो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?