मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहट ट्राफिकले सङ्कलन गर्‍यो १० दिनमै ६ लाख बढी राजश्व

रौतहट– रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम विपरीत चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरिएको छ।

१७ गतेदेखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचमा सवारी नियम उल्लङ्घन गर्ने ५३३ जना सवारी चालकलाई कारबाही गरी ६ लाख, १४ हजार राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको निर्देशनमा सदरमुकाम गौर, गरुडा , चन्द्रपुर, बागमती, कटहरियासँगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरेपछि सवारी दुर्घटनामा कमी आउनुका साथै नियम विपरीत चल्ने सवारी धनीलाई कारबाहीको दायरामा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?