काठमाडौँ – आणविक बमको धम्की दिएको उत्तर कोरियाले दक्षिण कोरियामा लगातार बेलुनमा फोर्हो पठाइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले फेरि पनि फोहोरले भरिएका सयौँ बेलुन दक्षिण कोरियामा पठाएको छ ।
यो कारबाही यस्तो समयमा गरिएको हो जब हालै दक्षिण कोरियामा प्योङयाङ विरोधी कार्यकर्ताहरूले बेलुनमार्फत किम जोङ उनविरुद्ध सीमापार पर्चा पठाएको बताएका थिए । किम जोङ उनले पठाएको फोहोरमा चुरोटको बटदेखि लिएर कार्डबोर्ड र प्लाष्टिकका टुक्राहरू सम्मिलित रहेको बताइएको छ ।
राजधानी सोलको सेनाले यस विषयमा मानिसहरूलाई सचेत गराएको बताइएको छ ।
दक्षिन् कोरियाका संयुक्त सेना प्रमुखले उत्तर कोरियाले फेरि एक पटक फोहोर भएको बेलुन दक्षिण कोरियातर्फ पठाएको र मानिसहरूलाई कुनै पनि बेलुन फेला परेमा अधिकारीहरूलाई रिपोर्ट गर्न र तिनीहरूलाई नछुन सल्लाह दिएको बताएका छन् ।
उही समयमा, सोल प्रशासनसँगै, ग्योन्गी प्रान्तका अधिकारीहरूले पनि बेलुनहरू विरुद्ध मानिसहरूलाई सचेत गराएको बताइएको छ । सेनाले उत्तर कोरियाले यसरी फोहोर भरिएको बेलुन पठाएको यो तेस्रो पटक भएको बताएको छ ।
सेनाले यसअघि बेलुनमा उत्तर कोरियाली प्रचार सामग्री छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताएको थियो । उत्तर कोरियाले सीमा क्षेत्रमा पर्चा र अन्य फोहोरहरू फैलाउन जारी दक्षिणमा सक्रिय कार्यकर्ताहरूविरुद्ध बदला लिने बताएपछि पछिल्लो घटना भएको हो ।
सन् १९५० को कोरियाली युद्धपछि उत्तर र दक्षिण कोरियाले आफ्नो प्रचार अभियानमा बेलुनको प्रयोग गर्दै आएका छन् । दक्षिण कोरियाले प्रचार सामाग्रीले किमलाई चिढाएपछि किमले फोहोर भरिएको बेलुन पठाउन शुरु गरेका हुन् । तर यसअघि यस्ता कुनै पनि कारबाही रोक्ने उत्तर कोरियाले आश्वासन दिए पनि व्यवहारमा नरोकिएको बताइएको छ ।
दक्षिण कोरियाको एउटा समूहले हालै फाइटर्स फर फ्री नर्थ कोरिया अभियान सुरु गरेको थियो । यसले उत्तर कोरियाली फोहोरले भरिएको बेलुनको जवाफमा सीमानामा लाउडस्पीकरबाट प्रसारण गर्न थालेको थियो ।
यी लाउडस्पीकरहरू उत्तर कोरियातर्फ घुमाइएको थियो । यसमा के-पप संगीत बजाइन्छ, जसले उत्तर कोरियालाई धेरै रिस उठाएको बताइन्छ । उत्तर कोरियामा के–पप गीत सुन्ने वा त्यसको संगीत राख्नेलाई कडा सजायको व्यवस्था छ । दक्षिण कोरियाली सेनाले लाउडस्पीकर जडान गर्नु भनेको चेतावनी हो भनेका छन् । साथै किमको शासनको निन्दा गर्दै दुई लाख पर्चासहित १० बेलुन पठाइएको थियो ।
उत्तर कोरियाली विस्थापितहरू मिलेर बनेको अर्को समूहले पनि शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलको भाषण बोकेका १०० रेडियो, २ लाख प्योङयाङ विरोधी पर्चा र १० वटा बेलुन पठाएको बताएको छ ।
अर्को समूहका नेता जाङ से-युलले किम जोङ उनले फोहोर भएको बेलुन पठाओस् वा नगरोस्, हामी हाम्रो बेलुन अभियानलाई नरोक्ने बताए । त्यही भएर मुद्दा बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया