मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

काठमाडौँ – पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ ।

पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ ।

विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपति बाहेक नौ जना सवार थिए ।

रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो । मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?