मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन खाने हरियो भटमास ?

भटमास प्रायजसो सबैलाई मन पर्छ । विशेष गरी मकैमा भटमास मिसाएर खाने प्रचलन निकै लोकप्रिय छ । यसै गरी गुन्द्रुकमा  भटमास मिसाएर पकाउँदा स्वादलाई बढवा दिन्छ ।

सुकेको भटमास यसरी प्रयोग गरिन्छ भने हरियो भटमासमा अझ धेरै पोषक तत्त्व पाइन्छ । हरियो भटमासमा प्रोटिन, क्याल्सियम, पोटासियम, आइरन र भिटामिन बी जस्ता पोषक तत्त्वहरू भरपुर मात्रामा पाइन्छन् ।

यसमा पाइने एन्टीअक्सीडेन्ट्सले शरीरलाई स्वस्थ राख्न एकदमै राम्रो भूमिका खेल्छ । हरियो भटमास खाँदा शरीरलाई धेरै प्रकारका फाइदाहरू हुन्छन् । आज हामी तपाईँलाई हरियो भटमासका फाइदाका बारेमा जानकारी गराउँछौ ।

– हरियो भटमास खाएर मुटु सुन्निने वा रक्तसञ्चार जस्तो समस्यालाई पनि निको बनाउन सकिन्छ । भटमासमा पाइने एन्टीअक्सीडेन्ट्सले मुटुलाई स्वस्थ राख्ने गर्छ ।

– भटमासमा पाइने प्रोटिनले ग्लुकोजलाई नियन्त्रित गर्न सहयोग गर्छ । जसले गर्दा सुगर नियन्त्रणमा रहन्छ । यसको यस्तो गुण मधुमेहका बिरामीहरूका लागि फाइदाजनक हुन्छ ।

– हरियो भटमासमा फाइबर र प्रोटिन राम्रो मात्रामा पाइन्छ । जो तौल कम गर्नका लागि पनि  फाइदाजनक हुन्छ । यसमा प्रोटिन एकदमै राम्रो मात्रामा पाइन्छ ।

– मस्तिष्क विकासका लागि पनि हरियो भटमासको सेवन लाभकारी हुन्छ । यसमा हुने फस्फोरस दिमागका लागि फाइदाजनक मानिन्छ । यसले स्मरण शक्ति पनि बलियो बनाउँछ ।

– घुँडा दुख्ने, मांसपेशीहरू तथा कम्मरको दुखाइमा पनि यसको सेवन लाभदायक हुन्छ । यसमा हुने क्याल्सियम र मिनरल्सले हड्डीलाई स्वस्थ राख्ने काम गर्छ ।

– कोलेस्ट्रोललाई नियन्त्रणमा ल्याउनका लागि पनि हरियो भटमासको सेवन राम्रो मानिन्छ । यसको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम हुन्छ र साथमा शरीरको विकासमा पनि जोड दिन्छ ।

– यसको सेवन गर्भवती महिलाले पनि गर्न सक्छन् । यसको नियमित सेवनले गर्भमा हुर्किरहेको बच्चाको राम्रो विकासलाई जोड दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?