मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भावस्थामा नगर्नुहोस् यस्ता काम, स्वस्थ बच्चाका लागि के कुरामा ध्यान दिने?

गर्भावस्था निकै संवेदनशील समय हो । यस्तो अवस्थामा महिलाहरुले आफ्नो स्वास्थ्यमा निकै ध्यान पुर्‍याउनुपर्छ । गर्भावस्थामा के–के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने विषयमा जानकार हुनुपर्छ । गर्भवतीले विशेषत खाने आहारामा निकै सजग हुनुपर्दछ । यसकारण आज हामी गर्भावस्थामा के के गर्न हुँदैन त ? भन्ने सन्दर्भमा हामी तपाईलाई प्रष्ट बनाउँछौ ।

गर्भावस्था ९ महिनासम्मको हुन्छ । यस हिसाबले सुरुको तीन महिना, मध्यको तीन महिना र अन्तिमको तीन महिनालाई विभाजन गरेर सो अवधिमा के गर्न हुँदैन भनी बुझाउन सकिन्छ ।

पहिलो त्रैमासिक १२ हप्ताको अवधि

पहिलो त्रैमासिक गर्भ बसेको १२ हप्तासम्मलाई मानिन्छ । यसबेला गर्भवती महिलालाई तल्लो पेट दुख्ने, बेलाबेलामा रगत देखिने र पहिले पनि गर्भ खेर गएको वा शल्यक्रिया गरेको छैन र थाइराइड, मधुमेह जस्ता रोगको समस्या छैन भने कहिलेकाहीं शारीरिक सम्पर्क राख्न मिल्छ ।

तर चिकित्सकको परामर्श बिना औषधि सेवन भने गर्नुहुँदैन । कुनै गर्भवती महिलाको पहिले बारम्बार गर्भ तुहिने समस्या थियो, तल्लो पेट दुख्ने गर्छ, बारम्बार रगत देखापरेको छ भने गह्रुँगो सामान उचाल्नु हुँदैन । शरीरमा बल पर्ने भारी काम गर्नुहुँदैन ।

साथै कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी बाटोमा यात्रा गर्नुहुँदैन । यसले गर्भ तुहिने समस्या हुनसक्छ । यसबेला पूर्ण रुपमा आराम गर्नुपर्छ । चिकित्सकको परामर्शअनुसार औषधि खाने र चिकित्सकले चेकजाँचको लागि तोकिएको समयमा जानुपर्छ ।

१२ देखि २८ हप्ताको अवधि

गर्भावस्थाको दोस्रो त्रैमासिकलाई तुलनात्मक रुपमा सुरक्षित समयावधि मानिन्छ । यसबेला गर्भ तुहिने सम्भावना निकै कम हुन्छ । यसबेला गर्भवती महिलाको स्वास्थ्य अवस्था सामान्य छ भने आफूलाई सहज हुने सबै खालको काम गर्न मिल्छ ।

तर गर्भवती महिलामा केही गम्भीर स्वास्थ्य समस्या देखिएको छ भने चिकित्सकको परामर्शअनुसार गाह्रो काम नगर्ने, गह्रुंगो सामान नउचाल्ने र सकेसम्म कच्ची बाटोमा यात्रा गर्नुहुँदैन ।

१२ देखि २८ हप्ताको अवधि

गर्भावस्थाको तेस्रो त्रैमासिक बच्चा जन्मिने समय हो । त्यसैले यतिबेला विशेष ध्यान दिनुपर्छ । यसबेला भारी काम नगर्ने, गह्रौँ सामान नउचाल्ने, शारीरिक सम्पर्क नराख्ने, लामो यात्रा नगर्ने र तनाव लिनुहँदैन ।

किनभने यी कार्यका कारण समयअगावै डेलिभरी हुने जोखिम हुनसक्छ । यसबाहेक गर्भवती महिलाले धुम्रपान र मद्यपान नगर्ने, मन नपरेका खानेकुरा जबर्जस्ती खानुहुँदैन । प्याकेटबन्द र जंकफुड सकेसम्म खानुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?