मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पिरो खुर्सानीको अत्याधिक सेवनबाट यति धेरै बेफाइदा

काठमाडौँ– अधिकांश नेपालीको घरमा मसलाविना खाना पाक्दैन । मसलाबाट नै हाम्रो खानामा स्वाद आउनुका साथै स्वादिष्ट देखिन्छ । यी मसलामा रातो खुर्सानी पनि समावेश भएको हुन्छ । जसले खानालाई चटपटे र पिरो बनाउँछ । यसलाई हरेक पिरोदार खानामा मिसाउने गरिन्छ । जसलाई खानुको साथसाथै रगतलाई पनि राम्रो बनाउँछ । कैयन् खानेकुरामा त यसलाई माथिबाट छर्किने पनि गरिन्छ ।

पिजा पास्ता जस्ता खानेकुरामा चिल्ली फ्लेक्सको प्रयोग गर्ने गरिन्छ । जसले स्वादलाई बढाउँछ । उसो त यो स्वास्थ्यको लागि फाइदाजनक छ । तर यसलाई धेरै सेवन गर्नु स्वास्थ्यको हिसाबले बेफाइदाजनक छ । त्यसैले धेरै पिरो खाना खानको लागि मनाही गरिएको छ । रातो खुर्सानीको धेरै सेवन गर्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउने गर्छ । त्यसैले खानामा सीमित मात्रै रातो खुर्सानीको प्रयोग गर्दा राम्रो हुन्छ ।

आउनुहोस् रातो खुर्सानीको अत्याधिक सेवनले कस्तो असर पार्न सक्छ ?

मुखमा जलन
रातो खुर्सानीको सेवनले मुखमा र घाँटीमा जलन हुन्छ । जसले असहज महसूस हुन्छ । अत्याधिक पिरोको कारण खानाको नलीको भित्र सम्मै पिरो हुन्छ । जुन धेरै नै पीडादायी हुन्छ ।

पेटमा जलन
रातो खुर्सानीको धेरै सेवनले पेटमा असर पार्न सक्छ । रातो खुर्सानीमा हुने क्याप्साइसिनले पेटमा जलन हुन्छ ।

पाचनसम्बन्धी समस्या
रातो धुलो खुर्सानीको अत्याधिक सेवनले पेटमा दुखाई, ऐँठन र बेचैनीको समस्या पैदा हुन्छ । यसले पाचन प्रणालीमा असर गर्छ । यसका साथै धेरै पटक मोसनमा पनि समस्या आउँछ ।

एलर्जी
रातो खुर्सानीबाट एलर्जी हुने व्यक्तिहरु सो सेवन गर्नबाट बच्नुपर्छ । किनकि यसको कारण छाला चिलाउने वा सास लिन समस्या हुने गर्दछ ।

शरीरमा गर्मी बढ्ने
रातो खुर्सानीको कारण शरीरमा गर्मी बढ्छ ।

खोकी लाग्ने
रातो खुर्सानीको कारण घाँटीमा समस्या हुन्छ । जसले गर्दा खोकी लाग्ने सम्भावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?