मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८१ साल जेठ २८ गते सोमवारको राशिफल

काठमाडौँ– आज २०८१ साल जेठ २८ गते सोमवार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : बोल्दा ख्याल गर्नुहोला । प्रेममा धोका पाइनेछ । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : आय आर्जनमा निकै राम्रो छ । पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ । मन प्रसन्न हुनेछ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ ।

मिथुन : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ । खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ । तर, शत्रु निस्तेज हुनेछन् ।

कर्कट : पुराना घाउ बल्झने सम्भावना छ । धार्मिक क्षेत्रमा मन जानेछ । बोल्दा ख्याल गर्नुहोला ।

सिंह : पुराना रोगबाट छुटकारा मिल्नेछ । प्रसन्नता बढ्नेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।

कन्या : दिन सन्तोषजनक रहेको छ । ज्ञानको उदय हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अचानक लाभ हुनेछ।

तुला : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ । भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ ।

वृश्चिक : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ । झुठा आरोप लाग्ने योग छ ।

धनु : दिन सामान्य राम्रो छ । प्रेममा सफलता मिल्नेछ । शत्रु बढ्नेछन् ।

मकर : मानसिक विचलन हुने देखिन्छ । शनिबार वरपिपलमा जल चढाउनुहोला ।

कुम्भ : खर्च बढ्नेछ । भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।

मीन: आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?