मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रातो साडी यस्तो देखिन् भारतीय कलाकार आरती सिंह

काठमाडौँ– भारतीय टेलिभिजन कलाकार तथा मोडल आरती सिंहले ३९ वर्षकै उमेरमा दीपक चौहानसँग बैबाहिक बन्धनमा बाँधिन् । विवाहपछि उनले भिडिओ र फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । उनीहरु यस समय फ्रान्सको पेरिसमा हनिमून मनाउँदै आएका छन् ।

रातो साडीमा सजिएकी आरती
विवाह गरेको करिब एक महिनापछि यी जोडी हनिमुनमा निस्केका हुन् । जुन एकदम स्पेशल छ । पेरिसमा यो जोडीले आफ्नो फोटो र भिडियो लगातार रुपमा सार्वजनिक गर्दै आएका छन् । आरतीले अहिले साडीमा नयाँ फोटो शेयर गरेका छन् ।

एफिल टावरमा दिएको पोज
उनले भर्खरै मात्रै श्रीमान्सँग एफिल टावरमा पोज दिएकी छिन् । उक्त समय उनी बेहुलीको भेषमा देखा परेकी छिन् । उनले रातो साडीको पहिरनमा चुरा पनि लगाएकी छिन् । साथै शिरमा सिन्दुर र निधारमा टीका पनि लगाएकी छिन् । साथै हातमा केही गुल्बारे पनि लिएकी छिन् । उनले सो फोटो सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकी छिन्, ‘हरेक साडीमा कहानी हुन्छ । यसलाई सधैँ याद गर्नेछु । मेरो श्रीमान्ले दिएको पहिलो साडी ।’

आरती र दीपकको प्रेमकहानी
आरती सिंहले एक अन्तरवार्तामा दीपकसँग एक जना आन्टीको माध्यमबाट भेट भएको बताएकी थिइन् । आरतीले दीपकसँग मागी विवाह गरेको बताएकी थिइन् । त्यसबेला उनीहरु एक अर्कालाई बुझ्दै थिए । उनीहरुको भेट जुलाई २०२३ मा भएको हो । सोही वर्षको नोभेम्बरमा उनीहरु वैवाहिक जीवनमा बाँधिने फैसला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?