मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँ महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । 

सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज बागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम–सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कनमा बागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो । 

यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलान्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरे । पानले हरेक प्रदेशबाट १–१ जना प्रधानाध्यापक, १–१ वटा विद्यालय र १–१ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो । 

राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर र पानका अध्यक्ष सुदाम प्रसाद गौतमले अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गरेका थिए । 

अवार्ड प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा इञ्जिनियर झाले भने, ‘यसले महानगरपालिकालाई थप जिम्मेवारी र दायित्व थपेको छ । यी दायित्व र जिम्मेवारीहरूलाई महानगरपालिकाले पूरा गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?