धेरैले गुनासो गर्ने गर्छन् पुस्तक पढ्यो कि निद्राले छोप्छ । अनि धेरैले रमाइलो गर्छन् ‘पढ्न मन नभएको कहाँ हो र निद्रा लाग्छ र पो त ।’
हो साच्चि नै पुस्तक बढ्नु गुणस्तरीय निद्राको कारण बन्न सक्छ । सामान्यतया अहिले धेरैजसो मानिस रातको समय इलेक्ट्रोनिक डिभाइसमा झुम्मिरहेका हुन्छन् । यस्ता डिभाइसले ब्लु लाइट फ्याँक्छन्, जसले राम्रो निद्रा लगाउने ‘मेलाटोनिन’ नामक हर्मोनको उत्पादनमा असर गर्छ ।
पुस्तक पढ्दा तपाईँ ब्लु लाइटको असरबाट जोगिनुहुन्छ र निद्रा राम्रो लाग्छ । अध्ययनले मस्तिष्कलाई सक्रिय राख्छ । यसले तपाईँको कल्पना शक्ति र ज्ञान बढाउँछ । स्मरण शक्ति र मस्तिष्कको कार्यक्षमता बढाउँछ ।
तपाईँको निद्राको गुणस्तर राम्रो हुन्छ र शरीरले आराम महसुस गर्छ । तपाईँले शान्त महसुस गर्नुहुन्छ र भोलिपल्ट नयाँ सुरुवात गर्न ऊर्जा मिल्छ ।
दिनभरको थकान, चिन्ता र व्यस्ततालाई बिर्सिएर तपाईँ पुस्तक वा कथाको पात्रका विषयमा सोच्न थाल्नुहुन्छ । तपाईँ फरक दुनियाँमा पुग्नुहुन्छ र फरक संस्कार र फरक दृष्टिले सोच्न थाल्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया