मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी स्टार फुटबलरले गुमाउने भए युरोकप

काठमाडौँ – यही जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप शुरु हुँदै छ । जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिँदै छन् । 

युरोकप आउन अब एक साता मात्र बाँकी रहँदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन् । केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन् । 

मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठुलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस रहेका छन् । राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन् ।

त्यस्तै स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरिका कारण यस युरोकप गुमाउने भएका छन् । त्यस्तै युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरिका कारण यस युरोकपमा नखेल्ने भएका छन् । उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन् भन्ने पनि अनिश्चित रहेको रिपोर्टमा बताइएको छ ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन् ।

त्यस्तै जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन् ।

यी बाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् ।

त्यस्तै फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?